संघीय संसदको बैठकलाई राष्ट्रपति भण्डारी सम्बोधन गर्दै

   २७ माघ २०७९, शुक्रबार १०:४५  

२७ माघ, रौतहट । आज बस्ने संघीय संसदको बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् ।

संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी स्रोतले जानाएको छ । स्रोतका अनुसार शुक्रबार अपरान्ह ३ बजे बोलाइएको संसद बैठकलाई भण्डारीले सम्बोधन गर्ने तय गरिएको छ ।

राष्ट्रपतिले गर्ने सम्बोधन प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्ने स्रोतले बताए ।