स्रोत नखुलेको रकमसहित २ जना भारतीय पक्राउ

   २६ माघ २०७९, बिहीबार १३:५८  

२६ माघ, पर्सा । स्रोत नखुलेको रकमसहित पर्साको वीरगञ्जबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी रक्सौल घर भएको २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार BR05AT8967 र BR05AV6871 नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकी चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १८ लाख ५ सय नेपाली रुपैयाँ र २ हजार ३ सय भारतीय रुपैयाँ फेला परेका थियो ।

वीरगञ्ज महानगरपालिका १६ भन्सार मेनगेटमा नियमित चेकजाँच गर्ने क्रममा उनीहरुलाई रोकी चेक गर्दा हेल्मेटमा लुकाई छिपाई राखेको अवस्थामा रकम सशस्त्र प्रहरीले सो रकम बरामद गरेको थियो ।

दवै जनाको साथबाट बरामद भएको रुपैयाँको स्रोत नखुलेको कारण हिरासतमा राखी यसबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।