बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

   २२ माघ २०७९, आईतवार १४:०५  

२२ माघ, रौतहट । सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णयको लागगि पार्टीले बोलाएको बैठक बस्नु भन्दाँ अघि नै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार रवि लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका थिए भने प्रधानमन्त्री प्रचण्डले गृहको विकल्प रोज्न उनीसंग आग्रह गरेका थिए ।