नक्कली नोटसहित सिरहाबाट दुई जना पक्राउ
२२ माघ, सिरहा । नक्कली नोटसहित सिरहाबाट दुई जना पक्राउ परेका छन् ।
जिल्लाको लाहान नगरपालिका १९ का ३० वर्षीय मोहम्मद ओसिन र सोही नगरपालिका १० बस्ने २२ वर्षीय मोहम्मद राज शेखलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले दुवै जनालाई लहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट नियन्त्रणमा लिएको छ । शनिबार साँझ उनीहरुलाई ४ लाख ३५ हजार नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






