ट्रकको ठक्करबाट दुई जना मृत्यु
२० माघ, झापा । दुईवटा ट्रक एकापसमा ठोक्किदाँ झापामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ना३ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकको सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ज्यान गुमाएको सहचालकको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरको ना६ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट आएको ना३ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।






