स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
२० माघ, पर्सा । स्रोत नखुलेको नगदसहित पर्साबाट एक जना पक्राउ परेका छन् ।
जिल्लाको वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको रकमसहित बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय श्याम किशोर प्रसाद साह पक्राउ परेको प्रहरीले जनाएको छ ।
साहलाई बिहीबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सवारी चेकजाँच गर्ने क्रममा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले उनलाई हिरासतमा लिएको छ ।
प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा चालक साहको साथबाट बरामद भएको २० लाख रुपैयाँको स्रोत नखुलेको कारण उनलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






