११ किलो चरेशसहित कैलालीबाट चार जना पक्राउ
१७ माघ, कैलाली । प्रतिबन्धित लागूऔषधसहित कैलालीबाट ४ जना पक्राउ परेका छन् ।
११ किलो ९०० ग्राम चरेशसहित धनगढी उपमहानगरपालिका ३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालकसहित ४ जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामी सोही स्थानका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको केदारस्यु गाउँपालिका ७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका २ घर भएको ३५ वर्षीय धनलाल कामी रहेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चारै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






