त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना इटालीका नागरिक पक्राउ

   ९ माघ २०७९, सोमबार १४:५७  

९ माघ, रौतहट । स्रोत नखुलेको रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना इटाली नागरिक पक्राउ परेका छन् ।

भारतीय रुपैयाँसहित इटाली नागरिक रोवर्ट मिगानीलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको भारतीय २ लाख रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएको हो ।

नेपालबाट भारतको नयाँ दिल्ली जाने क्रममा निजलाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।