राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारी
९ माघ, रौतहट । राष्ट्रपतिमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ । माघ २९ गतेभित्रै हुने राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा सोमबार बसेको पार्टी पदाधिकारीको बैठकले सबै दलको सहयोग लिई राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आज बसेको बैठकमा राष्ट्रपतिको पदका लागि कांग्रेसबाट उम्मेदवार उठाउने तथा समर्थनका लागि अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।






