आगो ताप्ने क्रममा जलेर तीन जना घाइते
६ माघ, रौतहट । आगो ताप्ने क्रममा जलेर रौतहटको दुर्गा भगवती गाउँपालिकामा तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको दुर्गा भगवती गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर ४ महिने बालिकासहित तीन जना घाइते भएका छन् । आगो ताप्ने क्रममा जलेर घाइते हुनेहरुमा मत्सरीका २० वर्षीया रमिता दास, उनका ४ महिने छोरी सन्ध्या दास र विजय दास रहेका हुन् ।
आज बिहान जलेर गम्भीर घाइते भएका तीनै जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






