मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

   ४ माघ २०७९, बुधबार १४:१६  

४ माघ, बारा । मोटरसाइकल दुर्घटना हुँदा बारामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका १४ लक्ष्मिनियामा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लक्ष्मीनियामा मंगलबार मध्यराती अचानक मोटरसाइकल अनियन्त्रित भई स्थानीय ३५ वर्षीय अरुण चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

मधेश प्रदेश ०३ ०२५ प ३९५८ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।