घुससहित सप्तरीबाट एक इन्जिनियर पक्राउ
४ माघ, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत एक इन्जिनियरलाई अख्तियार टोलीले घुसको रकमसहित पक्राउ गरेको छ।
घुससहित पक्राउ पर्नेमा इन्जिनियर रामचन्द्र साह रहेको प्रहरीले जनाएको छ । साहलाई १ लाख ४० हजार नगदसहित हिरासतमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात नियन्त्रणमा लिएको हो ।
निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको भन्दैँ गोप्य सूचनाका आधारमा खटिएको टोलीले निजलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
पक्राउ परेका इन्जिनियर साहमाथि यसबारे अनुसन्धान भइरहेको छ ।






