करणी आरोपमा एक जना पक्राउ
२ माघ, रुपन्देही । करणी आरोपमा रुपन्देहीबाट एक जना पक्राउ परेका छन् ।
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ४ महादेहीका २६ वर्षीय सञ्जय पासीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
बालिकालाई डरत्रास देखाई शनिबार गएराति नै बलात्कृत गरेको भन्दैँ पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । उनीविरुद्ध परेको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको निजलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका आरोपी विरुद्ध घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






