पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

   १ माघ २०७९, आईतवार ११:३७  

माघ १, काठमाडौँ — यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको बताइएको छ ।

विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।

स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।