६ वर्षीया बालिकालाई करणी गरेको भन्दैँ युवक पक्राउ

   २९ पुष २०७९, शुक्रबार १७:०६  

२९ पुस, सुनसरी । जबरजस्ती करणी आरोपमा सुनसरीको धरानबाट एक जना पक्राउ परेका छन् ।

६ वर्षीया बालिकालाई बलात्कृत गरेको अभियोगमा धरान उपमहानगरपालिका ८ का १९ वर्षीय दिवश धौलाकोटी पक्राउ परेका छन् । ती बालिकालाई ललाई फकाई लांघाली सामुदायिक जंगलमा लगेर बलात्कार गरेको अभियोगमा उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बालिका बलात्कृत भएको भन्दैँ पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

पीडितका परिजनले दिएको जाहेरीका आधारमा निजलाई हिरासतमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।