आज सुनचाँदीको मूल्यमा कति गिरावट

   १४ मंसिर २०७७, आईतवार ११:४४  

१४ मंसिर, रौतहट । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोलामा ९० हजार २ सय तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार चाँदीको भाउमा पनि गरिावट आएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।