सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
१२ मंसिर २०७७, शुक्रबार १२:००
१२ मंसिर, रौतहट । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको हो ।
त्यस्तै, तेजावी सुनको भाउ आज प्रतितोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार १ सय ६५ रुपैयाँ तोकिएको छ ।






