घरमा आगलागी हुँदा जलेर २ जनाको मृत्यु

   २० पुष २०७९, बुधबार ११:४५  

२० पुस, पाँचथर । पाँचथरको फिदिम नगरपालिकामा जलेर २ जनाको मृत्यु भएको छ ।

फिदिम नगरपालिका ८ घुमाउनेटारको एक घरमा आगो लाग्दाँ स्थानीय मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको लागेको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार मध्यराति १:३० बजेतिर भएको आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ, भने ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र भाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।

प्रहरीका अनुसार जस्तापाताको तीन तल्ले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । १:३० बजे लागेको आगोलाई बिहान ४:१५ बजेतिर नियन्त्रणमा लिइएको थियो ।

हाल आगलागीको कारण खुल्लन सकेको छैन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।