दुर्घटनामा दुई जनाको मृत्यु
रौतहट । रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
शनिवार साँझ करिब ६ बजे म्याजिक जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रौतहटको माधवनारायण नगरपालिका ३ सखुअवास्थित चपुर गौर सडक खण्डमा सुकदेवचोकबाट चपुरतर्फ जाँदै गरेको ना.१ ज.६७४९ नं.को म्याजिक र गरुडाबाट सुकदेवचोकतर्फ जाँदै गरेको बा.३९ प.८८६५ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा माधवनारायण नपा २ का ६५ वर्षीय परमत्मा प्रसाद साह र माधव नारायण नपा ३ सखुअवाका ५५ वर्षीय गौकरण यादव रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई सुकदेवचोकस्थित तराई सिटी हस्पिटलमा पु¥याउँदा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
म्याजिक चालक चन्द्रपुर नगरपालिका ४ मुस्लिम टोलका २७ वर्षीय महम्मद सहुल मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।






