करेन्ट लागेर गरुडामा एक जनाको मृत्यु

   १६ पुष २०७९, शनिबार ११:४१  

१६ पुस, रौतहट । रौतहटको गरुडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गरुडा नगरपालिका वडा नम्बर ७ दोस्तीयाँ पिपरियाका ३० वर्षीय राम तिलक पटेलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । माछा मार्ने क्रममा शुक्रबार करिब साँझ ४:३० बजेतिर पटेललाई करेन्ट लागेको थियो ।

तरहरि खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको उनलाई तत्कालै घटनास्थलबाट उद्धार गरि उपचारको लागि गरुडा ४ स्थित हेल्थ ल्यान्ड होस्पिटलमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

पोष्टमार्टमका लागि मृतकको शव जिल्ला प्रादेशिक अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।