कम्बोडियास्थित एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु
१४ पुस, एजेन्सी । कम्बोडियास्थित एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।
कम्बोडिया र थाइल्याण्डको सीमामा रहेको एक होटेल क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । यो होटल(क्यासिनो कम्बोडिया र थाइल्याण्डको सीमावर्ती सहर पोइपेटमा रहेको छ ।
जानकारीका अनुसार बुधबार दिउँसो ४:३० बजेतिर होटेलमा आगलागी भएको थियो । आगलागी भएको बेला होटलमा करिब ४ सय मानिसहरु उपस्थित थिए । मानिसहरू माथिल्लो तलाबाट हाम फालेर बाहिर आएका थिए ।
यस्तै, आगलागीमा परेर घाइते भएकाहरुलाई थाइल्याण्डको साओ प्रान्तको अस्पतालमा उपचार भइरहेको । हाल आगलागीको कारण खुलेको छैइन् । यसबारे अनुसन्धान भइरहेको छ । बीबीसी






