मोटरसाइकल दुर्घटनामा परेर धनुषामा एक जनाको मृत्यु
१४ पुस, धनुषा । मोटरसाइकल दुर्घटना हुँदा धनुषामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लो वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका ६ हठीपुरमा २,००६ प १८१९ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोक्किएर आज बिहान दुर्घटना हुँदा भएको हो ।
प्रहरीका अनुसार गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला ठाकुरले चलाएको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोक्किएको थियो ।
मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






