बालुवाटारमा गठबन्धनको बैठक जारी
१४ पुस, रौतहट । सरकारी निवास बालुवाटारमासात दलीय गठबन्धनको बैठक बसेको छ ।
सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका विषयमा छलफलका लागि आज बिहान बालुवाटारमा बैठक बसेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन समेत सहभागी भएका छन् ।






