बैठक छाडेर हिँडे प्रचण्ड : ‘सहमति गर्ने मुड उहाँमा देखिएन’ 

   १० पुष २०७९, आईतवार १३:०६  

बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताका अनुसार उनी कुनै पनि सहमति नगरी बैठकबाट निस्किएका हुन् ।

“कुनै पनि सहमति नभईकन उहाँ बैठकबाट निस्किनुभयो । सहमति गर्ने मुड उहाँमा देखिएन,” ती नेताले भने ।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको हप्ता दिनको समय आज सकिँदै छ। गठबन्धनका नेताहरु समय सकिन लागेपछि केहि दिन यता लगातार छलफलमा छन्।

पहिला प्रधानमन्त्री को बन्ने भन्नेबारेमा देउवा-प्रचण्डबिच सहमति हुन सकेको छैन। प्रचण्डले यसअघि गठबन्धनबाट सरकारको नेतृत्व कांग्रेसले गरेकोले अब नयाँ सरकारमा पहिलो पटक आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरिरहेका छन्। गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरुबिच पनि छलफल भएको थिए।