सामाजिक कुरितिले गर्दा दलित महिलाको अवश्था नाजुक
५ पुस, रौतहट । रौतहटमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलामाथि हुने हिंसा र महिलाविरुद्धका विभेदमा अझै रौतहटमा कमि आएकौ छैन् । रौतहटका विभिनन क्षेत्रमा जनचेतना मूलक अभियानमा निरन्तरता दिएपनि यो क्षेत्रका महिलाहरू आफ्नो पाइलामा उभिन सकेका छैनन् ।
तराईका ग्रामीण क्षेत्रमै परेको रौतहट जिल्लाका महिला लगाएत नावालिक पनि हिंसाका शिकार बन्दैँ गएका हुन् । घरेलु हिंसाका कारण मानसिक, शारीरिक, आर्थिक यौनजन्य जस्ता समस्याहरुको सामना गर्न रौतहटका महिलाहरु बाध्य भएको देखिन्छ ।
आफू जन्मेको, हुरकेको परिवार तथा समाजमा पनि तराईका ग्रामीण क्षेत्रका दलित समूहका महिला यौनजन्य हिंसाबाट पीडित बनेकी छन । रौतहटका प्राय: दलित समूदायका महिलाहरु सामाजिक कुरितीका कारण जातीय विभेदमा पनि पर्ने गरेका हुन् ।
गत मंसिर ९ गते (शुक्रबार) देखि रौतहटमा महिला हिंसा विरुद्ध १६ दिनका लागि आयोजना गरिएको कार्यक्रमको १४ दिन नबित्दैँ विद्यालयमा नै शिक्षकले छात्रामाथि दुव्यवहार गरेको भन्दैँ घटना बाहिरिएयो । रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ४ स्थित जनता माध्यमिक विद्यालयमा अध्यन्तर कक्षा ५ मा रहेकी एक बालिका माथि शिक्षकले नै दुव्यवहार गरेको घटना सार्वजनिक भएपछि पीडित बालिका का आफन्तहरु न्यान माग्दैँ प्रर्दशनमा उत्रेका थिए ।

आरोपी शिक्षक बिरेन्द्र सिंह माथि करवाहीको माग गर्दै सडकमा उत्रेका स्थानीय सहित पीडित बालिका का आक्रोशीत परिजन र प्रहरीबीच झडप हुँदा तनाव ग्रस्त महोललाई नियन्त्रणमा लिनको लागि प्रहरीले दुई राउण्ड आशु ग्यास समेत प्रहार गरेको थियो ।
शिक्षा दिने गुरु नै अभद्र व्यवहार गरेपछि काहाँ बाट शिक्षा प्राप्त गर्ने, स्कूलमा पनि बालिका असुरक्षित नै अब हुने भो भनेर पीडित बालिका का आफन्त र स्थानीहरुले ढुङगा प्रहार गर्दै आक्रोशित भएका थिए । पीडित बालिका दलित समूदायबाट रहेकोले यो घटनामा पनि कुनै किसिमको चासो कसैले देखाएन् । दलित बस्तीमा रहेका महिलाहरुको जीवन नरक जस्तो भएपनि त्यस सम्बन्मा कुनै किसिमका चासो नदेखाई, तिनीहरुको जीवन शैली नै त्यस्तै हो भनेर ग्रामीण क्षेत्रका कति पए मानिसहरुले भन्ने गर्छन् । पीडितको उमेर १० वर्षभन्दा कम भएको अवस्थामा बलात्कारमा संलग्नलाई दिइने अधिकतम सजायलाई १६ वर्ष जेल कारावासबाट बढाएर २० वर्ष नेपाल सरकारले र्पुयाइए पनि रौतहटका दलित महिला र बालबालिका बन्चित नै छन् ।
यस्तै, गत वैशाखमा जम्मा ७० हजार दाईजोको रकम बाँकी रहेको कारण बेहुलीको घाँटी थिचेर रौतहटमा हत्या गरिएको थियो । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ६ मा दाईजो नभए गरीबको छोरी बेहुली नै नबन्ने जस्तो घटना वैशाखमा बाहिरिएको थियो ।

वृन्दावन घर भएका चन्देश्वर दासको घरमा बेहुली बनेर आएकी ती महिलालाई बिना कुनै कसुरको घाँटी थिचेर हत्या गरियो । विहे भएको एक महिना नपुग्दैँ दाइजो कम ल्याएको कुलक्क्षणी जस्तो अशब्द भन्दैँ कटहरीया नगरपालिका वडा नम्बर ५ घर भएकी (बेहुली) सन्जु कुमारी दासको घाँटी थिचेर हत्या गरिएको थियो । छोरीको बिहेको मारमा परेका आमा बुवाले छोरीको मृत्यु भएको खबर सुने लगत्तै मृत छोरीको ससुराली पुगे पनि वृन्दावनस्थित चन्देश्वर दासको घरमा पुग्नु भन्दैँ अघि नै मृतक सन्जुको दाह संस्कार गरिएयो थियो ।
दाईजोको जम्मा ७० हजार रुपैयाँ र मोटसाइकल बाँकी रहेको कारण श्रीमान् सहित ससुराका सब जनाको मिलो भगतमा विहेको २७ दिन नबित्दैँ छोरीको हत्या भएको भन्दैँ मृतक सन्जुका आफन्तले ईलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिन गएपनि पीडितका निवेदन प्रहरी कार्यालयमा दर्ता हुन सकेन् । जाहेरी दिन गएका पीडित संग पोष्टमार्टमको रिपोर्ट नभएसम्म निवेदन दर्ता हुँदै भन्दैँ प्रहरीको तर्फबाट पनि जवाब आयो तर, दाह संस्कार भएको शवको परीक्षण काहाँ बाट गर्ने भन्दैँ आर्थिक रुपमा समेत कमजोर रहेको आमा बुवाले आफ्नो मृतक छोरीलाई न्यान दिलाउन नसकेको एक स्थानीयले बताए ।
तराईका ग्रामीण क्षेत्रमा र दलित समूदायका महिलालाई चुल्हो बाल्ने अनि आफ्नो परिवारकै खुसी आफ्नो खुसी र घर को ईज्जत मान म्र्यादामा बस्नु नै एक असल महिलाको पहिचान हुने भनेर पनि मान्यता राख्ने किसिमको कुरिति रहेको देखिन्छ । घरमा पुरुषले निर्णय गरेको मात्रै उचित रहने बताइ छ । दलित बस्तीका जुन महिलाहरुको श्रीमान् वैदेशिक रोजगारीका लागि विदेश गएको छ भने त्यस्तो महिलालाई चरित्र हिन भनेर सम्बोधन समेत गर्ने गर्छन् ।
त्यसैगरी, बारामा एक १२ वर्षीया बालिका लाई बलात्कृत गरेको आरोपमा रौतहटका एक जना युवक गत वैशाख २० गते पक्राउ परेका थिए । करणी आरोपमा जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर ७ बगहीका २० वर्षीय अफरोज अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बलात्कृत बालिकाका परिजनले न्यानको लागि गुहार गरे पनि घटना पुरानो हुँदै जादाँ आरोपीले करणी जस्तो घटनाको उचित दण्ड पाएन् ।
कुनै किसिमका घटनाको विषयमा खुल्लेर तराईका महिला भन्न नसकेकोले झन उनीहरुको जन जीवन कष्ट कर बन्दैँ गएको छ ।”तपाईको जीवनको मतलव के हो भन्नेर ग्रामीण क्षेत्रका महिलासंग सोध्दाँ पुरुषको लागि बनाइएको एक किसिमका खेलौना बताउँ छन् ।”
तराईका ग्रामीण क्षेत्रमा दलित समूदायका महिलाहरु भन्छन् “हरेलु हिंसा, लैङ्गिक विभेद, यौनजन्य हिंसा, जातीय छुवाछुतू अन्धविश्वास जस्ता कुरितिहरु समाजमा रहिरहे सम्म हामी स्वतन्त्र हुन सक्दैँनौ “। तर, पहिला देखि नै हुदै आएको सामाजिक नियम पनि ग्रामीण क्षेत्रका महिलाहरुका लागि बाध्यताको रुपमा देखिन्छ ।

तराईका ग्रामीण क्षेत्रमा सब भन्दा बढी पीडित महिला दलित समूदायमा देखिने गर्छन् । दलित समूदायमा प्राय: सब भन्दा पहिला देखिने समस्या आर्थिक रुपले देखिन्छ । दलित बस्तीका महिलाहरुलाई सामाजिक कुरिति (छुवा छुत)का कारण शिक्षाबाट बन्चित हुनका साथै धार्मिक स्थलमा पनि नजाने भनेर अपमानित हुने गर्द छन् ।
तराईका ग्रामीण क्षेत्रमा लैङ्गिक समानता सुनिश्चित नगरिएसम्म विभेद, हिंसा र महिलाविरुद्ध कुनै किसिमको कुरितिलाई नियन्त्रणमा लिनु चुनौती नै देखिन्छ । ग्रामीण क्षेत्रमा जति जनचेतना मूलक कार्यालयहरु को आयोजना गरेपनि दलित जातीका (डोम, मुशहर) अझै लैङ्गिक विभेद, हिंसा बाट बस भन्दा बढी पीडित देखिन्छन् ।
यस्ता घटनाहरुको कारण कतिपय महिलाहरुले आत्महत्या समेत गर्छन् । तराईका ग्रामीण क्षेत्रमा महिलाविरिुद्ध हुने हिंसा तथा विभेद नियन्त्रणका लागि जति जनचेतना मूलक कदम चाले पनि सामाजिक कुरितिका कारण महिलाहरु स्वतन्त्र हुन नसक्ने देखिएको छ ।






