कालापानी सीमाको १ नम्बर पिलरमा पहिलो पटक सशस्त्रको गस्ती
द नेपाल मिडिया
९ असार २०७७, मंगलवार ०५:२७
नेपाल मिडिया
८ असार । सरकारले लिपुलेक, लिम्पीयाधुरा सहित नक्सालाई आधिकारीकता दिदै प्रयोगमा ल्याइ सकेको छ । यस भन्दा अघिको नक्सामा संसोधन गरेर नेपालको नया नक्सा जारी भए पछि देशको उतरी सिमानाको सुदूर क्षेत्रमा नेपाली सुरक्षाकर्मीहरुले गस्ती शुरु गरेका छन ।
नेपाल सरकारले छारुङ्गमा सशस्त्र प्रहरी बलको एउटा बिओपी खडा गरेर त्यहाँ सुरक्षाकर्मीको उपस्थीति गराइसकेको छ । छारुङ्ग बोर्डर आउटपोस्टमा रहेको सशस्त्र प्रहरीको गस्ती टोली कालापानीको सीमा नाकामा पुगेको हो । सशस्त्र प्रहरी बलको गस्ती टोली पहिलो पटक सिमाक्षेत्रको पिल्लर नम्बर १ मा पुगेको हो ।

असार ३ मा नेपाली सेनाका प्रधानसेनापति र सशस्त्र प्रहरी बलका आइजीपीले समेत छारुङ्गमा स्थापना भएको सशस्त्र प्रहरीको बिओपीको निरिक्षण गरेका थिए । छारुङ्ग पुगेका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले सुरक्षाकर्मीहरुलाई सिमा सुरक्षाका बारेमा निर्देशन समेत दिएका थिए । छारुङ्गमा स्थापना भएको सो बिओपी बाट कालापानीमा रहेको १ नम्बर पिल्लरको दूरी ३० किलोमिटर छ ।






