ललितपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

   ७ भाद्र २०७७, आईतवार १५:४७  

भदौ ७, रौतहट । ललितपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेको छ ।

ललितपुर महानगरपालिका २८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका १४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।