इन्धनमा लाग्ने कर घटाउने सरकारको तयारी

   ११ असार २०७९, शनिबार १२:१७  

११ असार, रौतहट । पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकाले तयारी गरेको छ ।

सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

गठबन्धनको बैठकले दिएको निर्देशनकै आधारमा सरकारले शनिबारकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार केही बेरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनमार्फत पेट्रोलियम पदार्थमाथिको कर कटौतीबारे जानकारी दिनेछन् ।

डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घटाउने तयारी गरिएको छ ।