पेट्रोलियम पदार्थको मूल्य घट्यो
२० जेठ, रौतहट । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटरमा १० रुपैयाँले घटेको छ ।
नेपाल आयत निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटरमा १० रुपैयाँ घटाएको छ ।
आयले अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको आयल निगमले जनाएको छ ।
यस्तै, पेट्रोलियम पदार्थको मूल्यसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसंगै सार्वजानिक यातायातको सवारी भाडामा पनि गिरावट आएको छ । यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ ।
यस्तै, बिहीबार राति १२ बजेदेखि लागू हुने पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।
त्यसैगरी, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको आयोगले जनाएको छ ।






