आज पनि भएन् पल शाहको मुद्दामा सुनुवाइ

   १२ जेष्ठ २०७९, बिहीबार १४:२८  

१२ जेठ, रौतहट । करणी आरोपमा पक्राउ परेका पल शाहको पुर्पक्षका लागि अदालतमा आज पनि सुनुवाई हुन सकेको छैन् ।

नाबालिकामाथि जबर्जस्ती करणी गरेको मुद्दामा पक्राउ परेका पल शाहलाई थुनामुक्त गर्नको लागि आजको मिति तोकिएपनि स्थगित भएको छ ।

उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार (जेठ १९ गते) हुने जनाइएको छ ।

नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।