सोमबारदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन
द नेपाल मिडिया
१२ जेष्ठ २०७९, बिहीबार १२:००
१२ जेठ, रौतहट । कक्षा १२ को परीक्षा समय परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो ।
जेठ १६ गते (सोमबार) ११ बजेदेखि हुने कक्षा १२ को परीक्षा अब बिहान ८ बजेदेखि ११ बजेसम्म हुने समय तोकिएको हो ।
विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।






