माधव नेपाल कुलङ्घार हुन : ओली

   २३ बैशाख २०७९, शुक्रबार १६:४२  

२३ बैशाख, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कुलङ्घार भएको बताएका छन ।

अध्यक्ष केपी ओलीले पचास वर्ष अघि विराटनगरको महेन्द्र मोरङ्ग कलेजमा पढदै गर्दा आफुले माधव नेपाललाई भेटेको र सो बेला सम्झाएर, बुझाएर राजनितिमा पूर्णकालिन कार्यकर्ता बनाएर पार्टीको प्रमुख जिम्मेवारीमा राखेको बताए । पछिल्लो समय आफ्नै पार्टी विरुद्ध षडयन्त्र गरेको थाहा पाए पछि उनलाई पार्टीबाट हटाएको बताउदै केपी ओलीले भने “मैले सर्पको बच्चालाई दुध खुवाएको रहेछु ।”

चितवनमा काग्रेंसको सभामा गएर प्रचण्डको छोरीको भोट माग्दै १५ वर्ष आफैले नेतृत्व गरेको एमालेलाई माधव नेपालले कुहिएको फर्सी भनेको प्रति आक्रोश पोख्दै पूर्व प्रधानमन्त्री केपी ओलीले माधव नेपाल आफै कुहिएको फर्सी भएको बताए । “तिन तिन पटक पार्टीको प्रमुख बनाइयो, प्रधानमन्त्री बनाइयो ।” अध्यक्ष ओलीले भने “पार्टीले उनलाई सासंद बनायो, प्रधानमन्त्री बनायो । तर कुलमा एउटा कुलङ्घार जन्मीएको रहेछ ।”

“माधव नेपाल कुलङ्घार हुन ।” ओलीले भने “घरमा परिवारमा वा पार्टीमा एउटा कुलङ्घार निस्कीयो भने त्यसले विनास गर्छ ।” माधव नेपालले पार्टी ध्वस्त पार्छ भन्ने थाहा पाए पछि पार्टीले सोही बेला सर्तकता अपनाएको उनले बताए ।

कुपात्र भनेर चिने पछि आफुले माधव नेपाललाई पार्टीबाट हटाउनु परेको उनले बताए । माधव नेपाल विकासको सोच र कुनै योग्यता नभएको मान्छे भएको उनको आरोप थियो । रौतहटको विकास नहुनुको मुख्य दोषी माधव नेपालनै भएको उनको तर्क थियो ।

गौरको राइसमिलमा नेकपा एमालेको वृहद आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारले देश र जनताको हित गर्न नसक्ने बताए । गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेले स्थानिय निर्वाचनमा आफ्नो जनमत प्रमाणित गर्ने उनले बताए ।

एमाले अध्यक्ष त्रिभुवन साहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री प्रभु साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।