मतदाता मौन, उम्मेदवार हैरान
१९ बैशाख, रौतहट । बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागी रौतहटका उम्मेदवारहरुले जोडतोड मेहनत शुरु गरेका छन । बिहान बेलुका मात्रै होइन दिउसोको चर्को घाममा पनि उम्मेदवारहरुले घरदैलौ तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिई रहेका छन ।
पहिलेको चुनाव भन्दा फरक यस पटक मतदाता कसैसँग खुलेर कुरा गर्न चाहदैनन । स्थानिय मतदाताहरु सबै उम्मेदवारका कुरा सुनिरहेका छन तर मत कसलाई दिने बारेमा बताउदैनन । पार्टी कार्यकर्ता बाहेक स्थानिय मतदाता पनि अहिले पर्ख र हेर को नीति लिएर बसेका छन । घरदैलौमा आउने सबै उम्मेदवारहरुलाई उनीहरुले आश्वासन मात्रै बाडिरहेका छन ।
मतदाताहरुमा चेतनाको विकास भएको र उनीहरु अब पहिले जस्तो लहड वा अरुले भनेकै भरमा कसैलाई मतदिने पक्षमा नरहेको गरुडाका स्थानिय संजिव साह बताउछन । “कुनै पार्टीको पक्षधर वा फलानो पार्टीलाई भोट दिन्छौं भनेर कसैले भन्दैनन ।” स्थानिय साह भन्छन “मतदाताले कसैलाई प्रष्टरुपमा कुरा नखोल्दा अन्तीम समयमा मौन मतहरुले मतपरिणाममा ठूलो असर पर्न सक्छ ।”
अधिकाशं जनप्रतिनिधिले स्थानियको विश्वास गुमाएका कारण फेरी जित्ने संभावना निकै कम रहेको छ । “पहिले जितेकोहरुले कति काम गरे, के काम गरे भनेर गौरले नै बोलिरहेको छ ।” गौर २ का स्थानिय विनोद साह भन्छन “पदको घमण्डमा चुर भएकाहरुले भ्रष्टाचार बाहेक केही गरेनन त्यसैले अब फेरि तिनैलाई रोज्न सकिदैन ।”
सबै उम्मेदवारहरुले मतदाता रिझाउन भोजभतेर र खर्च गरिरहेका छन । खास गरी यस अघि निर्वाचित भएका जनप्रतिनिधिहरु फेरी दोहरिने दाउँमा छन । तर अधिकाशं जनप्रतिनिधिले स्थानियको विश्वास गुमाएका कारण फेरी जित्ने संभावना निकै कम रहेको छ । “पहिले जितेकोहरुले कति काम गरे, के काम गरे भनेर गौरले नै बोलिरहेको छ ।” गौर २ का स्थानिय विनोद साह भन्छन “पदको घमण्डमा चुर भएकाहरुले भ्रष्टाचार बाहेक केही गरेनन त्यसैले अब फेरि तिनैलाई रोज्न सकिदैन ।”
पहिले निर्वाचित जनप्रतिनिधिले आफ्ना आसेपासे र नातेदारलाई मात्रै पोस्ने काम गरेको, आर्थिक अनियमितता गर्दै सम्पति जोडेको परोहा नगरपालिका ३ का स्थानिय दिपेन्द्र यादव बताउछन । “हिजो चुनेका जनप्रतिनिधि सबै राजा भए ।” यादव भन्छन “निर्वाचित भए पछि जनतानै बिर्सिने र पालिकाको हित भन्दा पनी आफ्नो लागी मात्रै सोच्ने व्यक्तिलाई अब भोट दिने गल्ती गर्न हुदैन ।”

उम्मेदवारले आयोजना गरेको भोजमा सहभागी भएकाहरुले तिनै उम्मेदवारलाई मत दिन्छन भन्ने ग्यारेण्टी समेत यसपटक छैन । “मत दिदैन भनेर कसरी भन्नु, सकेसम्म आफू आफ्नो पक्षमा जनमत बटुल्न सबै व्यस्त छन ।” ईशनाथ नगरपालिका का एक उम्मेदवार भन्छन “पहिले को चुनाव भन्दा अहिलेको चुनावमा धेरै पैसा खर्च हुन्छ तैपनी मतदानको दिन सम्म ढुक्क हुन सकिदैन ।”
मधेश आन्दोलनको बलमा यस अघि मधेशवादी पार्टीबाट निर्वाचित भएकाहरुले जनचाहना अनुसार काम गर्न नसके पछि यसपटक मधेशवादी दलका उम्मेदवारहरु पहिलेको जस्तो नतिजामा नआउने एक थरीको विश्लेषण छ । मधेशवादी दलले सता र पदका लागी मधेशी जनतालाई पटक पटक धोका दिएको भन्दै पुराना भन्दा पनि असल र सक्षम व्यक्तिहरु निर्वाचित हुनु पर्ने बताउछन ।
मनोनयन दर्ताको दिन मात्रै रौतहटमा ५०० क्वीन्टल भन्दा बढी कुखरा र माछाको भोज विभिन्न उम्मेदवारहरुले आ–आफ्नो क्षेत्रमा गरेका थिए । एउटै उम्मेदवारले ७ क्वीन्टल सम्म कुखुराको मासु खरिद गरेको समेत देखिएको थियो । १६ नगरपालिका र २ गाँउपालिका रहेको रौतहटमामा ८२१ पदका लागी झण्डै पाँच हजार उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।






