सुनको मूल्यमा सामान्य गिरावट

   १३ बैशाख २०७९, मंगलवार ११:४९  

१३ वैशाख, रौतहट । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको कारोबार तोलामा ९९ हजार ३ सय रुपैयाँमा भइरहेको छ ।

सोमबार छापावाला सुनको भाउ प्रतितोलामा १ लाख २ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, आज तेजाबी सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

यसैबीच, आज सुनको मूल्यमा सामान्य गिरावट आएपनि चाँदीको भाउ स्थिर नै छ । सोमबार कारोबार भएको मूल्यमा नै आज पनि चाँदीको बिक्री भइरहेको छ ।

हिजो चाँदीको मूल्य १ हजार ३ सय ५० रुपैयाँ निधारण गरिएको थियो ।