आगामी २४ गते काठमाडौंमा आस्था गिलले सांगीतिक प्रस्तुति दिने

   ३० चैत्र २०७८, बुधबार १५:३५  

३० चैत, एजेन्सी । आगामी वैशाख २४ गते बलिउड गायिका आस्था गिल नेपाल आउने भएकी छन् ।

वैशाख २४ गते शनिबार (मे ७) मा काठमाडौं आउने भएकी छिन् । दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कन्सर्टमा उनले सांगीतिक प्रस्तुती दिनेछिन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रमका लागि आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । एजेन्सी