विभिन्न पदमा लोेक सेवा आयोगले माग्यो कर्मचारी
३० चैत, रौतहट । लोक सेवा आयोगले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।
आयोगले राजपत्र अंकित द्धितीय श्रेणी, खरीदार वा सो अनुरुपको विभिन्न पदमा कर्मचारी माग गरेको छ । बुधबार आयोगले एक सूचना जारी गदै जेष्ठता र कार्यसम्पादनद्वारा ११ जिल्लाको लागि १८ जना उम्मेदवारका लागि दरखास्त आव्हान गरेको हो ।
आयोगले अमिन, सर्भे, सहायक कम्प्युटर अपरेटर, नायब मौसम बिज्ञानसहित अन्य विभिन्न पदका लागि दरखास्त खुलाएको जनाएको छ । आयोगले उक्त दरखास्त निजामती सेवा ऐन, २०४९ को दफा २४(घ) तथा कर्मचारी ऐन,२०७५ को दफा १४ को उपधारा ४ बमोजिम खुला गरेको हो । उम्मेदवारले आगामी जेठ ३ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
उम्मेदवारले बढुवा समितिको सचिवालयमा दरखास्त दिनुपर्ने छ । थप जानकारीका लागि लोक सेवा आयोेगको वेवसाइट मार्फत हेर्न सकिनेछ ।






