चट्याङ लागेर भलिबल ताप्लेजुङमा एक खेलाडीको निधन
२० चैत, ताप्लेजुङ । चट्याङ लागेर ताप्लेजुङमा एक खेलाडीको निधन भएको छ ।
शनिबार गएराति करिब १० बजेतिर चट्याङ लागेर ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा २ आम्बेगुदिन लासाटोलका २३ वर्षीय मुकेश भट्टराईको निधन भएको हो ।
स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा पानी संगै परेको चट्याङले लागेर घाइते भएका भट्टराईलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
जिल्लामा भलिबल प्रतियोगिताका अब्बल खेलाडीको रुपमा उनी चिनिन्थे ।






