सुनचाँदीको मूल्य वृद्धि

   ११ चैत्र २०७८, शुक्रबार १२:०३  

११ चैत, रौतहट । नेपाली बजारमा साताको अन्तिम दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको कारोबार तोलामा १ लाख ९ सय रुपैयाँमा भइरहेको छ ।

यस्तै, तेजावी सुनको भाउ शुक्रबार तोलामा १ लाख ४ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, चाँदीको भाउ प्रतितोलामा २५ रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।