सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
६ चैत्र २०७८, आईतवार १२:५६
६ चैत, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । यसअघि शुक्रबार छापावाल सुनको कारोबार प्रतितोलामा ९९ हजार ८ सय रुपैयाँमा भएको थियो ।
यस्तै, आइतबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोलामा १ हजार ३ सय ७५ रुपैयाँमा भएको छ । यसअघि चाँदीको कारोबार तोलामा १ हजार ३ सय ८५ रुपैयाँमा भएको थियो ।






