फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
द नेपाल मिडिया
२ चैत्र २०७८, बुधबार १६:४०
२ चैत, रौतहट । पेट्रोलको मूल्य लिटरमा १६ रुपैयाँ बढेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले मूल्य बढाएर नयाँ पेट्रोलको मूल्यसूची पठाएको छ ।
बुधबार पेट्रोलको मूल्य लिटरमा आईओसीले १६ रुपैयाँ ३७ पैसा बढाएर आईओसीले पठाएको नेपाल आयल निगमले जनाएको छ ।
त्यसैगरी, डिजेलको मूल्य पनि वृद्धि भएको छ । डिजेलको भाउ प्रतिलिटर २४ रुपैयाँ ४९ पैसा बढेर आएको छ ।







