सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घट्यो
द नेपाल मिडिया
२६ फाल्गुन २०७८, बिहीबार १२:१२
२६ फागुन, रौतहट । सुनको मूल्य तोलामा एकै दिन ३५ सय रुपैयाँले गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ घटेर मूल्य १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको भाउ आज प्रतितोलामा १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको हो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय ५ रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार चाँदीको कारोबार तोलामा १ हजार ४ सय ५० रुपैयाँमा भएको थियो ।






