अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने

   २६ फाल्गुन २०७८, बिहीबार ११:००  

२६ फागुन, रौतहट । एसईई परीक्षामा लाग्ने उमेर हद अबदेखि खारेज गरिएको छ ।

एसईईको परीक्षा दिनका लागि १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था यसपटकबाट नलाग्ने भएको छ । विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

प्रवक्ता दीपक शर्माका अनुसार उमेर हदसम्बन्धी कानुन यसअघि नै संशोधन भएपनि कार्यान्वयन अबदेखि लागू हुने बताइएको छ ।

यसपटकको एसईईको परीक्षा अगामी वैशाख ९ गते देखि संञ्चालन गर्ने निर्णय उमेर हद खारेज गर्नु भन्दा पहिलानै गरिसकेको छ ।