ह्वात्तै बढ्यो सुनको मूल्य

   १२ फाल्गुन २०७८, बिहीबार १२:४७  

१२ फागुन, रौतहट । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

बिहीबार तोलामा २५ सय रुपैयाँ बढे छापावाला सुनको कारोबार प्रतितोलामा ९९ हजार रुपैयाँमा भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको बुधबार तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।