साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

   १ फाल्गुन २०७८, आईतवार ११:५५  

१ फागुन, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आइतबार प्रतितोलामा ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजावी सुनको कारोबार तोलामा ९५ हजार रुपैयाँ भइरहेको छ ।

यसैबीच, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको कारोबार प्रतितोलामा १ हजार ३ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।