बर्डफ्लुको संक्रमण देखिएपछि चितवनमा मर्न थाले खुकुरा
२८ माघ, चितवन । बर्डफ्लु सङ्क्रमण देखिएको कारण चितवनमा फेरि कुखुरा मर्न थालेको छ ।
चितवनको राप्ती नगरपालिका ६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लु देखिएको हो । बर्डफ्लु देखिएपछि कुखुरा मर्न थालेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।
यही माघ २५ गते नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको रिपोर्ट पोजेटिभ माघ २७ गते (बिहीबार) आएको तामाङले जनाए । तामाङका अनुसार बर्डफ्लुको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।
बर्डफ्लु संक्रमण पुष्टि भएको कारण अनिता पशुपक्ष्मी कृषि फर्ममा २ हजार कुखुरा मारिएको छ । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने तामाङले जनाएका छन् ।






