वैशाखमा हुने एसइई परीक्षाको तालिका सार्वजनिक
द नेपाल मिडिया
२७ माघ २०७८, बिहीबार १०:३२
२७ माघ, रौतहट । अगामी वैशाख ९ गतेदेखि हुने एसइई परीक्षाको तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा तालिकामा रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन मिति तोकेको हो । बोर्डले स्थानीय तहको निर्वाचनसँग मिति नजुध्नेगरी परीक्षा मिति तोकेको हो ।






