फागुन ६ गतेदेखि सीटीईभीटीको परीक्षा हुने
१९ माघ, रौतहट । स्थगित भएको सीटीईभीटीको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरुका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा अगामी फागुन ६ गते (शुक्रबार)देखि हुने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले समय तालिका सार्वजनिक गरेको छ ।
यस्तै, डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वक्र्स लगायतका कार्यक्रमहरु प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरु फागुन ६ गते बिहान ७ बजेदेखि हुने परिषद् परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।






