सुनचाँदीमा सामान्य गिरावट
द नेपाल मिडिया
१४ माघ २०७८, शुक्रबार ११:२१
१४ माघ, रौतहट । साताको अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यसअघि हिजो ९३ हजार ५ सय रुपैयाँमा छापावाला सुनको कारोबार भएको थियो । यस्तै, तेजावी सुनको कारोबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर शुक्रबार प्रतितोलामा १ हजार २ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






