पर्सामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
१४ मंसिर, पर्सा । पर्साको प्रसौनीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर जिल्लाको बहुदरमाई नगरपालिका ८ रामनगरीका ४५ वर्षीय तपसी साह (कानु) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रसौनी गाउँपालिका वडा नम्बर ५ सखुवाटाली चोकस्थित भित्री सडक खण्डमा मंगलबार राति ८:४५ बजेतिर ट्याक्टरको ठक्करबाट साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चटपटे बिक्री गरी महुवनबाट रामनगरीतर्फ ठेलामा जाँदै गरेको उनलाई नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घटना पश्चात् फरार भएको ट्याक्टरसहित चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






