फतुवा बिजयपुरस्थित एउटा घरमा आगलागी हुँदा लाखौँको क्षति

   २७ कार्तिक २०७९, आईतवार १५:३९  

२७ काक्तिक, रौतहट । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर रौतहटको फतुवा विजयपुरमा एक जनाको घरमा आगजनी भएको छ ।

फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहास्थित एक जनाको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा ,गरगहना समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार दिउँसो ३ बजेतिर बालिएको घुरबाट आगो सल्किएको थियो ।